कोरोनाको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन

कैलाली – कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो । तर एक्कसी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनका श्रीमान मोतीलाल चौधरीले बताए । लम्कीचुहा नगरपालिका–६ की ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्