आईपीएल : दिल्लीद्वारा कोलकाता ७ विकेटले पराजति

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

अहमदाबादमा भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शहले ८२ रनको बनाए भने शिखर धवनले ४६ रन बनाए । यसैगरी ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।

कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्