आईपीएल : मुम्बईद्वारा राजस्थान सात विकेटले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्र्तगत विहिबार दिउँसो भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ ।

राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटाएको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले अविजित ७० रन बनाउँदा क्रुनल पाण्डेयाले ३९ रन बनाए । बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए ।

राजस्थानका लागि सन्जु सामसनले ४२, जोस बटलरले ४१ रन बनाए । बलिङतर्फ मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्