दार्चुला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा

दार्चुला – दार्चुला जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ दार्चुलालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । उनका अनुसार १६ देखि २३ महिना भित्रका सम्पूर्ण बालबालिकाले नियमित खोप लगाएको आधारमा दिगोपना तथा सुनिश्चितता भएको घोषणा गरिएको हो ।

दार्चुलामा १६ देखि २३ महिनाका कुल एक हजार ७०३ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिकामा २५१ जना, शैल्यशिखर नगरपालिकामा २७९ जना, नौगाड गाउँपालिकामा २१५ जना, मार्मा गाउँपालिकामा १८७ जना, अपिहिमाल गाउँपालिकामा ८३ जना, लेकम गाउँपालिकामा २०४ जना, मालिकार्जुन गाउँपालिकामा १७९ जना, व्यास गाउँपालिकामा १४४ जना र दुहुँ गाउँपालिकामा १६१ जना बालबालिका रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्