भारतीय सीमामा कडा गर्ने प्रधानमन्त्रीको संकेत

File Photo

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपमा निगरानी गरिनुपर्ने बताउनु भएको छ । राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

खुल्ला सीमाबाट प्रवेश गर्ने सबैले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने तर गाडीबाट आउँदा जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मान्छे ? भन्ने प्रश्न गर्नु हुँदै उहाँले देशको सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशका मान्छे हो भनी थाहा हुनुपर्ने बताउनुभयो । अब नेपालबाट हिंसाको राजनीति अन्त्य भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्