महाकाली नदीमा भारतले लगाएको पर्खालको दुबै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने

काठमाडौँ – नेपाल–भारत सीमाको महाकाली नदीमा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालबारे दुबै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने भएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतले बनाउँदै गरेको सुरक्षा पर्खालले सीमा मिचे÷ नमिचेबारे दुबै देशको नापी टोलीले स्थलगत अध्ययन गर्न लागेको जानकारी दिएका हुन् ।

आगामी सोमबार अर्थात अप्रिल १२ मा दुबै देशका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

नेपाल–भारत सीमामा भारतले एक पक्षीय रूपमा पर्खाल बनाएको विषयको विषयमा सोमबारको संसद बैठकमा प्रश्न उठेपछि त्यसको जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । पर्खाल बनाउँदा त्यसले दुई देशको सीमालाई मिचेको छ भन्ने प्रश्नहरू उठेपछि गत पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रतिनिधिले सीमामा गएको पर्खालबारे अध्ययन गरेको थियो ।

उक्त टोलीले दिएको सुझावका आधारमा दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो । त्यसै सुझाव अनुरूप सरकारले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्