कक्षा १२ को नतिजा आगामी आइतबारसम्म सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेको छैन । नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’

परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्