काठमाडौको भद्रकालीमा बस पल्टियो

काठमाडौँ – काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दुर्घटना भएको छ । बिहीबार बिहान रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको हो । पुरानो बसपार्कबाट चन्द्रागिरि तर्फ जाँदै गरेको बस भद्रकालीको आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ । बस कसरी पल्टियो भन्ने कारण खुल्न सकेको छैन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्