कोरोना खोपका लागि १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी, ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गर्ने स्वास्थ्यमन्त्रालयको तयारी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभयो । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उहाँले भन्नुभयो, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’ आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उहाँले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताउनुभयो । उहाँका अनुसार खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्