राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ – आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

यसै अवसरमा सिंहदरबार पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गरिएको छ । वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उहाँको प्रशंसा हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्