Notice: Trying to access array offset on value of type bool in /home/upaharkhabar.com/public_html/uk/wp-content/themes/upaharkhabar/inc/functions/functions.php on line 433

माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने नेताहरूको भनाइ छ । आज पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । बैठकका लागि आज एजेन्डा पनि तय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छन् । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्