प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि सोमबार नयाँ दिल्ली लैजाने तयारी भएको छ ।

अहिले उहाँको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ‘थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । तर, निश्चित भएको छैन’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भन्नुभयो ।

सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्