सनराइजर्स हैदराबाद आईपीएलको प्ले अफमा प्रवेश, कोलकाता बाहिरियो

काठमाण्डौ – सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो । कप्तान डेविड वार्नर र ऋद्धिमान साहाले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए । वार्नरले ८५ तथा साहाले ५८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।
यस्तै सेमीफाइनलमा मुम्बइ इण्डियन्स र दिल्ली क्यापिल खेल्नेछन् ।  क्वालिफायर १ मा विजयी टोली सिधै फाइनलमा पुग्नेछ । यसमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच क्वालिफायर २ मा भिडन्त हुनेछ । यसमा विजयी टोली फाइनलमा पुग्नेछ । कोलकाता नाइटराइडर्सको बैंग्लुरु र हैदराबादसँगै समान १४ अंक रहे पनि खराब नेट रनरेटका कारण प्लेअफसम्म पुग्न बञ्चित रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्