बुधबार थप २ हजार ६३८ जनामा कोरोना पुष्टि, उपत्यकामा १४०३ जना संक्रमित

काठमाडौँ – बुधबार थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका ९ सय ९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना रहेका छन् । आज १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ८० हजार ९ सय ५४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्