डोटीको दिपायल विमानस्थल यही असोज ३० गते बाट समिट एअरले उडान भर्ने 

लामो समयदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल यही असोज ३० गते शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । यो विमानस्थलमा हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो ।

वि.सं. २०३० सालबाट सञ्चालनमा आएको दिपायल विमानस्थल बन्द भएको करिब डेढ दशकपछि सञ्चालनमा आउन लागेको हो ।

असोज ३० गते शुक्रबार १८ जना यात्रु बोक्ने क्षमताको समिट एअरको विमान बिहान १०ः३० बजे धनगढीबाट दिपायल आउने र दिपायलबाट ११ः३० बजे धनगढीका लागि उड्ने तालिका रहेको विमानस्थल श्रोतले जनाएको छ ।

दिपायल–धनगढीको भाडा ३ हजार २ सय निर्धारण गरिएको छ । दिपायल विमानस्थलसँगै बैतडीको पाटन विमानस्थल र बझाङको चैनपुर विमानस्थलमा पनि समिट एअरले उडान भर्ने तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्