ओली-दाहाल भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता बारे छलफल

FILE PHOTO

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच त्यसबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको कुरा भने स्वीकार गरेको स्रोतले बतायो । भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डको उक्त धारणाप्रति ओलीले ठोस जवाफ नदिएको बुझिएको छ ।

सोमबारको दुई नेताबीचको भेटवार्तामा अन्य विषयमा कुनै छलफल नभएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्