आईपीएल क्रिकेटमा चेन्नईलाई ३७ रनले हराउँदै बेङ्ग्लोर विजयी

काठमाण्डौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथो जित निकालेको छ ।

राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।

चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १र१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्