आइपिएल : दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्कियो, आज २ खेल हुँदै

काठमाडौँ – आइपिएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । दिल्लीले शुक्रबार भएको खेलमा राजस्थान रोयल्समाथि ४६ रनको सहज जित निकाल्दै फेरि शीर्ष स्थानमा फर्किएको हो ।

शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ । राजस्थान भने ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

शुक्रबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

उसका लागि शिमरन हेटमेयरले ४५ रन जोडे । उनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।

मार्कोस स्टोइनिसले ३९ रन जोडे भने कप्तान श्रेयस इयरले रनआउट हुनुअघि २२ रनको योगदान दिए । ओपनर पृथ्वी शाले १९ रन बटुल्दा हर्षल पटेलले १६ रन र अक्षर पटेलले १७ रन जोडे ।

१८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ ग¥यो । राजस्थान २ बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो ।

राजस्थानका लागि राहुल टेवाटियाले ३८ रन जोडे । कप्तान स्टिम स्मिथले २४ रन तथा ओपनर यशस्वी जैशवालले ३४ रनको योगदान दिए ।

बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए । रविचन्द्रन आस्विन र मार्कोस स्टोइनिसले २–२ विकेट हात पारे । ४ ओभरमा २२ रन खर्चिएका आस्विन प्लेयर अफ दि म्याच भए ।

आइपिएलमा शनिबार दुई खेल हुँदैछ । दिउँसो पौने चार बजे सुरु हुने खेलमा किंग्स ११ पञ्जाव र कोलकता नाइटराइडर्स भिड्नेछन् । यस्तै राति पौने आठ बजे चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्