बितेको २४ घण्टामा देशभर थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्