उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

काठमाडौं – उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो वृद्धिसँगै पछिल्लो २४ घण्टामा  देशभर थप ११७० जना कोरोना भाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १०८७८ जनाको पीसीआर परीक्षण गर्दा ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३९५७६ रहेको छ । संक्रमितमध्ये ७१.५ प्रतिशत भएका छन् ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्