पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं – आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको उनले बताए ।

यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमित ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । सोमबार नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको पनि ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ वर्षीय र भक्तपुरमा ७७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्