CORONA

पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ। यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।
#Malikarjun

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्