सुदूरपश्चिममा बिहिबार थप १० जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा बिहिबार थप १० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १० जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ५ जना, कञ्चनपुर र डडेल्धुराका २/२ जना तथा दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी बिहिबार देशभरी २ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्