कोरोना भाइरस कानबाट पनि सर्ने तथ्य फेला

अनूशन्धानकर्ताहरुले कोरोना भाइरस सम्बन्धी नयाँ तथ्य पत्ता लगाएका छन् । कोरोना भाइरस मानिसहरुमा मुख र नाकबाट मात्रै सर्दै आएको बताइएपनि कानबाट पनि सर्ने तथ्य फेला पारेका हुन् । बैज्ञाजिनकहरुले बैज्ञानिकहरुले गरेको अनूशन्धानमा कोरोना भाइरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्रमण गराउन सक्ने तथ्य फेला पारेका हुन् । अमेरिकाका अनूशन्धानकर्ताहरुले तीन केसमा यस्तो तथ्य फेला पारेका छन् ।

उनीहरुले गरेको कोरोनाबाट ज्यान गएका ३ मृत शरीबाट अनूशन्धान गरेको बताइएको छ । सो क्रममा तीनै मृतकहरुको दुवै कान र पछाडिका भागमा पनि कोरोना संक्रमण पाइएको थियो । उनीहरुको निष्कर्षसँगै अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताहरुले कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ ।

कानबाट पनि शरीरका विभिन्न भागमा कोरोना पुग्ने उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले एक युवती, र दुई बृद्धको शव लाई परीक्षण गरेकामा यो तथ्य फेला परेको हो । कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभर साढे ६ लाख मानिसको ज्यान गइसकेको छ । अमेरिकामा नै सबैभन्दा धेरैको कोरोनाबाट ज्यान गएको छ ।

न्यूज २४ काे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्