वडा अध्यक्षमाथि सांघातिक आक्रमण, वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि भएको सांघातिक आक्रमणले यति बेला वडा क्षेत्र तनावग्रस्त भएको छ । सोहि वडाका स्थानीय तथा नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का सभापती नारद सिँह ठगुन्नाको नेतृत्वमा आएको १५/२० जनाको टोलीले वडामा राष्ट्रिय परिचय पत्र वितरण दर्ता, प्रधानमन्त्री रोजगार कार्यक्रम निवेदन संकलन तथा सामाजिक सुरक्षा भत्ता नविकरण र जनताको नियमित कामकारवाही चलिरहेको बेला नितान्त पूर्व योजना बमोजिम वडा अध्यक्ष महरामाथी ज्यान मार्ने उद्देश्यले सांघातिक हमला गरेको थियो ।

उपहार खबर सँग कुरा गर्दै वडा अध्यक्ष महराले आफुमाथि सांघातिक आक्रमण भएको बताएका थिए । सोही क्रममा वडा अध्यक्षलाई चोटपटक लाग्नुका साथै उनको कार्यकक्ष पूर्ण रुपमा क्षतिग्रस्त गएको छ । उनी सँगै रहेका सेवाग्राहीहरुलाई समेत चोट लागेको घटनाप्रति घोर भत्सना तथा निन्दा गरेको छ ।
दोपाीमाथी कानुन बमोजिम कारवाही तथा शान्ती सुरक्षाको पूर्ण रुपमा ग्यारेन्टी नभएसम्मको लागि वडा कार्यालय पूर्ण रुपमा बन्द राख्ने एक सूचना प्रकाशित गरेको छ । यस अवधिमा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति वडा कार्यालयले क्षमा मागेको छ ।

 

सम्बन्धित शिर्षकका थप समाचार

शुक्लाफाँटा–८ का वडा अध्यक्ष महरामाथी आक्रमण, कार्यालयमा समेत तोडफोड

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्