केरुङ छ्यो ताल फुट्ने खतरा, सिन्धुपाल्चोकको भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

फाइल

सुशील सुवेदी
सिन्धुपाल्चोक – तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरकलाइ आग्रह गरेको छ । भोटेकोसी नदिमा बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोसी नदि तटिय क्षेत्रमा बासिन्दा लाई सुरक्षीत स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँन अपिल गरेको बताए ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । खासा क्षेत्रमा उच्च वर्षा भइरहेकाले भोटेकोसी नदीको साथै स्थानीय खोल्सीमा वहाव बढेको समेत जनाएको प्रमुख जिल्ला अधिकार िढकालले जानकारी दिए । ‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने समकक्षीले बताएको प्रशासकिय अधिकृत सुनिता पहरीले बताए ।

सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले ताल तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिक जीउधनको सुरक्षा गर्न आग्रह गरेको छ । स्थानीय तहले समेत नदी तटीय क्षेत्रका बासिन्दालाई सूचना प्रवाह गरिरहेका छन ।
२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्