संखुवासभामा ७ घर बगे, ११ जना बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिरोले सात घर बगाएको छ ।

गए राति आएको पहिरो ले बेसिन्दा गाउँका घर पहिरोले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।

पहिरोका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरो मा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिरो का कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ ।
घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्