नेपालमा भारतीय सञ्चारमाध्यमहरुलाई औपचारिक रुपमै प्रतिबन्ध लगाउन सांसद ठगुन्नाकाे माग

काठमाडाैँ – दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले नेपालमा प्रशारण हुने भारतीय सञ्चारमाध्यम बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सांसद ठगुन्नाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा निरन्तर प्रहार गरिरहेको भारतीय सञ्चारमाध्यमहरुलाई औपचारिक रुपमै प्रतिबन्ध लगाउन माग गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा भारतीय सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरेका छन् ।
भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि भारतीय सञ्चारमाध्यमका बारेमा टिकाटिप्पणी हुदैँ आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्