दार्चुलामा एकै दिन तीन ठाउँमा वीओपी स्थापना

रमेश खत्री, दार्चुला 

दार्चुलाकाे चार स्थानमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजीवी, व्याँस गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा बीओपी स्थापना गरिएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो । यस अघि व्यासँ गाउपालिकाको वडा नम्बर १ छाँगरुमा विआपी स्थापना गरिएको थियाे ।

सीमा क्षेत्रमा हुने अतिक्रमण,अवैध निकासी लागुऔषध ओसारपसार अपराधिक गतिविधि नियन्त्र गर्ने उद्धेश्यले भारतसँग सीमा जोडिएका चार स्थानमा बीओपी स्थापना गरि स्थानीय नागरिकलाई सुरक्षाको प्रत्याभुति दिईने सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बताउनु भयो । बिहिबार जोलजीवि र लालीमा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले स्वयम उपस्थित भएर पोष्टको उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सीमा सुरक्षा जिम्मेवारी २४ सै घण्टा दिने बताए । त्यसै गरि उद्धघाटन कार्यक्रममा शुभकामना दिदै मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सहि धामीले नेपाल सरकारले सीमा रक्षाका साथसाथै सीमामा हुने अपराधि गतिविधि चोरी निकासीलाई कम गर्न बीओपी स्थापनाका लागि गरिएको निर्णय समाजका लागि सकारात्मक रहेको बताउनु भयो ।

 

 

 

फाेटाे : रामसिँह धामी, दार्चुला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्