सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका २ सय ४३ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा अछामका १ सय २६ जना, बाजुराका ४३ जना, कैलालीका २७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बझाङका १८ जना, डोटीका १८ जना, कञ्चनपुरका १० जना र बैतडीका १ जना गरी जम्मा २ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १७७४ महिला र १२ हजार २ सय ७२ पुुरुष गरि जम्मा १४ हजार ४६ पुगेको छ । यसैगरी ४ हजार ६ सय ५६ जनाले कोरोना जितेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्