गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो, कहाँ कति थपिए ? (विज्ञप्ति सहित)

काठमाडौँ – गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गण्डकीमा संक्रमतिको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका ७ वटा जिल्लमा संक्रमितहरु थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जना, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८ जना गरि जम्मा ५० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई सम्बधित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्