भारतबाट आउनेको संख्या घट्यो, सुदूरपश्चिममा शुक्रबार ७७६ नेपाली भित्रिए

File Photo

कैलाली – सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खानबस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् । असार लागेसँगै नेपाली आउने क्रम न्यून हुँदैगएको छ ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट ३४३ नेपाली नागरिक भित्रिएका छन् भने ४२ जना भारतीय नागरिक बाहिरिएका छन् । बिहीबारको तुलनामा उक्त नाकाबाट एक सयभन्दा बढी नेपाली भित्रिएका हुन् । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ४३३ नेपाली नागरिक भित्रिएका छन् भने १३६ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट दुई सय कम नेपाली भित्रिएका छन् ।
योसँंगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख सत्र हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या सत्र हजार बढी पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्