३६ एसपीको सरुवा, डोटीमा जनकराज पाण्डेय, अरु को कहाँ ? (सूची सहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् । भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्