गोरखामा १० सहित गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या २२३

काठमाडौं – गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु क्वारेन्टिनमा छन् । अब सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा. शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्