आज देखि मोटरसाइकल र स्कुटरमा दुई जनाले यात्रा गर्न पाउने

काठमाण्डौ – सोमबारदेखि मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मोटरसाईकलमा एक जना मात्र यात्रा गर्न पाउने नियमको व्यापक विरोध भएपछि मोटरसाइकलमा दुई जना यात्रा गर्न पाउने भएका हुन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताए ।

‘नागरिकको हितलाई ध्यानमा राख्दै हामीले मोटरसाइकलमा दुई जना यात्रा गर्न पाउने व्यावस्था गरेका हौँ, सोमबार विहानदेखिनै यो नियम लागू भईसकेको छ’, उनले भने ।

गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको छ ।

चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन । यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।

गाडीको चाप बढेसँगै सचेतना प्ले कार्ड देखाउँदै ट्राफिक प्रहरी

लकडाउन खुकुलो भएसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको चाप बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सडक ओहोरदोहोर गर्नेलाई ट्राफिक प्रहरीले सचेतनामूलक प्ले कार्ड देखाउन थालेका छन् ।

प्ले कार्डमा कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रहसहितको प्ले कार्ड काठमाण्डौका चोक चोकमा रहेका ट्राफिक प्रहरीले देखाउन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्