एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं – आज नेकपा सचिवालय बैठक बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा एमसीसी परियोजनाबारे छलफल हुनेछ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्