पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्