‘भारतसँग अब वार्ता हुन्छ, अगाडि बढ्छ’: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भू–भाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएको छ । नक्सा पास भए लगत्तै प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिदै भारतसँग चाँडै वार्ता हुने बताएका हुन् ।
‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’ प्रधानमन्त्रीले भने, । राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको उनले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्