एसइईमा आन्तरिक मूल्याङ्कन ठीक तर इमान्दारितामा भने प्रश्न

काठमाडौं – कोरोना महामारीका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षा नलिई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने सरकारको निर्णयलाई शिक्षकहरुले स्वागत गरेका छन् ।

तर सरकारको निर्णयलाई शिक्षकहरुले स्वागत गरेपनि आन्तरिक मुल्याङ्कनमा फेरबदल गर्न सकिने सम्भावना प्रति भने शंका व्यक्त गरेकाछन् । सरकारले बुधवार स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्कपत्र दिने निर्णय गरेको थियो ।

यस निर्णयबाट २०७३ सालमा संशोधन गरिएको शिक्षा ऐनको कार्यान्वयन हुनुकासाथै प्रदेशमा परीक्षा बोर्ड गठन गर्ने बाटो खुलेको नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवर बताउँछन् । तर कोरोना महामारीको त्रासमा रहेका विद्यार्थी र तिनका अभिभावकहरुले परीक्षाको तनावबाट मुक्ति पाएपनि सरकारको निर्णयले मेधावी विद्यार्थीलाई मर्का परेको बुझाई प्रधानाध्यापकहरुको छ ।

विगतमा सरकारले नै कक्षा १० अघी लिइने टेष्ट परीक्षा नलिन निर्देशन जारी गरेको अवस्थामा आन्तरिक प्रतिवेदन नबनाएका र कुनैपनि प्रकारको परीक्षा सञ्चालन नगरेका विद्यार्थीहरुले नक्कली प्रतिवेदन बन्ने सम्भावना रहेको पनि शिक्षकहरुको भनाई छ । चैत्र ५ गते स्थगीत गरिएको परीक्षामा मुलुकभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदै थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्