लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारवाही गर्ने गृहको चेतावनी

काठमाडौं – गृहमन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार मात्र पनि बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए । पछिल्लो समय सरकारविरुद्ध देशका विभिन्न ठाउँमा आन्दोलन हुन थालेको छ ।

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ । यो बन्दबन्दीको आदेश विपरित भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने जानकारी गराएको छ । बन्दाबन्दीको आदेश विपरित काम गरे कारवाही गर्न बाध्य हुने गृहले चेतावनी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्