कोरोनाबाट कैलालीमा एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

सांकेतिक तस्बिर

काठमाडौँ – कोरोनाबाट कैलालीका एक महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा
परीक्षण गर्दा ती महिलामा संक्रमण पुष्टि भएको हो । कैलालीकी मृतक महिला मृगौला रोगबाट पीडित रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि शनिबार नै डोल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्