बाँके दुर्घटनाका मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँके – भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ ।

उनीहरू भारतका विभिन्न ठाउँहरूबाट आएकोले सोमबार बिहान भेरी अस्पतालमा सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको थियो ।
पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा सबै ३३ जनाकै रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ हिँडेको उक्त यात्रुबाहक फोर्स गााडी बाँकेको अगैयानजिकै बिग्रेर उभिएको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरूमध्ये ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार मृत्यु हुनेहरूमा साबिक बराह गाविस वडा नम्बर ३ दैलेखका गाडी चालक दानबहादुर खड्का, सुर्खेत लाटी कोइलीका गाडी सहचालक पवन भण्डारी, राजपुर ६ दाङका रामबहादुर पुन, ठेगाना नखुलेका बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, पुर्णबहादुर पुन, सीता पुन र रितेश खड्का रहेका छन् । एकजनाको अझै सनाखत हुन बाँकी रहेको छ ।

यसैगरी, दुर्घटनामा परी घाइते हुनेहरूमा दाङका ४५ वर्षीय मेघराज केसी, दाङ तुल्सीपुरका ३९ वर्षीय विष्णु गिरी, वडा नं.२ का २३ वर्षीय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ वर्षीय जीवन घर्ती, दाङ जिल्लाका २० वर्षीय भरत थापा रहेका छन् ।

यस्तै घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ( ७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, रोल्पाका ५२ वर्षीय नरबहादुर विक, रोल्पाका ४० वर्षीय दिलबहादुर विक रहेका छन् । त्यस्तै सल्यान जिल्ला शारदा नगरपालिका (६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिका (५ का तेजबहादुर बुढाथोकी, सल्यानका १८ वर्षीय धनबहादुर बोहरा, सिद्धकुमाख ( ४ का २८ वर्षीय लोकेश घर्ती, सल्यानकै ५२ वर्षीय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका (५ का २६ वर्षीय निमबहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेको रहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताउनुभयो । उहाँहरू सबैको उपचार भेरी अस्पतालमा भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्