राष्ट्रपति, प्रधानमन्त्री लगायत मुख्य व्यक्तिहरुको तलब कटौती गर्न संसदमा आवाज उठ्यो

काठमाडौं – नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि बोल्दै सांसद संग्रौलाले कर्मचारीको भत्ता काटिने तर राष्ट्रपति, प्रधानमन्त्री र मुख्य ब्यक्तिहरुको तलब काट्नुपर्छ कि पर्दैन भन्दै प्रश्न गरिन् ।

उनले बजेटले विभेद गरेको बताउँदै भनिन्– ‘हामीले बजेटमा मितब्ययितता गरेको भन्दै भत्ता कटौती पनि गरिएको छ । तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख ब्यक्तिको भत्ता कतौटी गर्नु पर्छ्कि पर्दैन ? प्रतिपक्षी दलले यो सांसद विकास कोष कोरोना रोकथाम कोषमा ल्याउभन्दा अर्थमन्त्रीले आँखा चिम्लनुभएको छ ।’

अर्थमन्त्रीले विनियोजन गरेको बजेटको शीर्षक हेर्दा अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयता विपरित रहेको उनले बताइन् । कोरोना पछि पनि नेपाल छ भनेर आशा जगाउने विषयमा बजेटमा नआएको उनले बताइन् । बजेट जनउत्तरदायी भन्दा पनि कार्यकर्ताप्रति उत्तरदायी रहेकोले विनियोजित विधेयकमाथि विचार गर्न नसकिने टिप्पणी गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्