वडा अध्यक्षलाई बलात्कारको फन्दामा पार्ने जुक्ति सिकाउँदै पत्रकार धानुकले बोलेको अडियोको पुरै अंश

कञ्चनपुर – गत बिहीबार शुक्लाफाटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा भईरहेको कटानका बारेमा रिपोर्टिङ गर्न कैलालीबाट स्थानीय पत्रकार नवराज धानुक सो स्थानमा आए । उक्त स्थानमा भईरहेको कटान केही पक्षले विरोध समेत गर्दै आईरहेका थिए । बैज्ञानिक वन व्यवस्थापनको नाममा जंगल फडानी हुनुका साथै जंगलमा हरिया सालका रूखहरू कटान भईरहेको छ भनेर पूर्ण हमाल नेतृत्वले विरोध गर्दै आईरहेका थिए । केहिले उक्त विरोध जायज भएको बताएतापनि वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महराले उक्त कार्य नियमपूर्वक कटान आदेश लिएर कटान गरिएकोले उक्त कार्य फडानी नभई कटान कार्य भएको प्रष्ट पारेका छन । साल, जामुन, हल्दो लगायत अन्य रूखहरू गरि जम्मा २८० रूखहरू कटान गरिएको र उक्त रूखहरू उमेर नाघेको र कुहिएको रूखहरू सहित केही सुकेका राम्रो रूखहरू रहेको देख्न सकिन्छ ।

उक्त कुराको पक्ष विपक्ष गरि चर्काे विवाद आउन थाल्यो, नारा जुलुस लगायत विरोध सभा नै आयोजना गरियो, उक्त विरोध सभामा केही सञ्चारकर्मीलाई उपस्थित हुन आग्रह गरियो । जसमा कैलालीका पत्रकार नवराज धानुक मात्र उपस्थित भए । रिपोर्टिङ गरेर फर्किने क्रममा दर्जनौ मान्छे भएको भिडमा उनी जुक्ति सिकाउने लगायत अध्यक्ष महराको चरित्र हत्या गर्न लागे भने केहिको अन्तर्वार्ता लिन लागे । विपक्षिको मात्र हुल होला र म जनप्रिय बनुला भनेर पत्रकार धानुक अनैतिक जुक्ति सिकाउन व्यस्त भए त्यो समाजमा । जेठ महिनाको ४१ डिग्री सेल्सियस तापक्रममा पसिना बगाउदै रिपोर्टिङ गरे पनि तर उनले बोलेका केही शब्दले त समाजलाई भड्काउनु बाहेक केही गरेन । त्यसैगरी पत्रकार आचारसंहिता विपरीत कार्य पनि गरे ।

त्यो भीड अनि एक मात्र सञ्चारकर्मी धानुक त्यतिखेर त सर्वप्रीय नै बनेका थिए तर उनले बोलेका केही शब्दले झनै लोक प्रिय बनाउने देखियो ।

उनले त्यस समाजमा अध्यक्ष महराको बारेमा टीकाटिप्पणी मात्र गरेनन् कि सडयन्त्र पनि रच्न थाले र पाठ पढाउन थाले । उनले बोलेको ३३ मिनेटको अडियो उपहार खबरसँग आईपुग्यो र त्यसमा बोलेको आपत्तिजनक अंशलाई मात्र आधार बनाएर समाचार तयार पार्याै । उक्त अडयोमा भनेका छन । अब अध्यक्षलाई फसाउने आईडिया बताउछु, त्यसको कमिकमजोरी पत्ता लगाउने सोझी लेडिज (महिला) लाई भनेर मलाई बलात्कार गर्याे भन्न लगाउनु अनि महिलाको केश (मुद्दा ) जुन माईकालाल नेता आएपनि झिक्न सक्दैन कृष्णबहादुर महरा खाईदियो त्यहि केशले । उक्त अडियोलाई आधार मानेर हामिले समाचार तयार गरेर सम्प्रेषण गर्दा देशभरी टीकाटिप्पणी हुन थाले । धेरैजसोले सामाजिक सञ्जालमा गाली गरे भने कसैले बचाउ पनि गरे । त्यहि बिषयलाई लिएर उनले सञ्चालन गर्ने कार्यक्रम तातो बहसमा रोक लगाईयो । उक्त कुरालाई अध्क्ष महराले पनि आपत्तिजनक रूपमा लिए र कार्वाही प्रक्रियामा जाने प्रष्ट पारे । सोहि विषयमा नगरपालिकाले पत्रकारलाई कारवाहिको माग गर्दै विज्ञप्ति जारी गर्याे ।

त्यसपश्चात पत्रकार धानुकले फेसबुक लाईभमा प्रष्ट पारेकि त्यो अडियोमा सत्यता छैन त्यो भ्रामक हो । काँटछाँट गरेर मलाई फसाउन खोजिएको हो । केही मैले पनि जिब्रो चिप्लाएर बोलेतापनि उक्त अडियोमा सत्यता छैन । नराम्रो बोलेकोमा क्षमाप्रार्थी पनि मागे तर मैले अध्यक्षलाई बलात्कारको फन्दामा फसाउने भनेको अडियो बारे बोलेका छैनन् । त्यहि भएर हामी अहिले ३३ मिनेटको अडियो सार्वजनिक गर्न गईरहेका छौ । उक्त अडियो कपि गरेर अन्य मिडियाले प्रयोग गर्नु परेमा हामिबाट अनुमति लिएर गर्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्