सरकारलाई काँग्रेस सांसद देवको चुनौतीः ‘७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति छोडिदिन्छु’

काठमाडौं – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने दावी गरे ।

‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनुपर्ने हो, एउटा आर्थिक पुनरुत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौती छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जीडीपीको ग्रोथ रेट २०७७र०७८ मा आयो भने म राजनीति छोडिदिन्छु ।’

बैठकमा सांसद देवले बजेटको कुन वर्गका लागि आएको हो भन्दै प्रश्न गरे । ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो कि, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो कि यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो कि ?’ उनले भने । बजेटमा सीमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्