सुदूरपश्चिमका ८ जिल्लामा फैलियो कोरोना, १ जनाको मृत्यु, २७ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
आइतबार बाजुरामा संक्रमण देखिएसँगै सुदूरपश्चिमका ८ जिलमा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरामा कोरोना फैलिएको हो । कोरोनाका कारण बाजुरामा २ वर्षिया बालिकाको ज्यान गएको छ भने आमा संक्रमित भएकी छिन् । सुदूरपश्चिममा २७ जना कोरोना संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्