मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रसाईंसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो ।  यद्यपि उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा खुलाएको छैन । प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्