बारामा थप ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्