पूर्वप्रधानमन्त्री भट्टराई माथि अनेरास्ववियुका नेताको आपत्तिजनक भाषाः जिउँदै बाबुरामलाई दिए श्रद्धाञ्जली

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता बाबुराम भट्टराईमाथि खनिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । जबकी जसपाका नेता भट्टराई जिउँदै छन् ।

उनले फेसबुकमा लेखेका छन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ । तर अहिले नेता महरले यो पोष्ट सच्याएका छन् । अहिले उनले लेखेका छन् “धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ। यिं गद्धार दलाल राष्ट्रघातिले जब राष्ट्रको सबाल आउँछ अनि आफ्नो असली रुप देखाई हाल्छन र मालिकको आदेश आए पछि देशका बिरुद्ध भुक्न शुरु गर्छन। नेपाली जनता अब यस्ता गद्धारहरुको भ्रम बाट मुक्त हुन जरुरी छ ।कृपया स्मरण रहोस यिनको अभिव्यक्ति स् मान्छे नरहे पहाड (लिपुलेख,कालापानी र लिम्पियाधुरा)मात्रले राष्ट्र बन्ला ???”

 

बाबुराम भट्टराईले पछिल्लो समय कोरोना संकट र भारतसँगको सम्बन्धमा आएको चिसोपनबारे चिन्ता प्रकट गर्दै आएका छन् । शनिवार कोरोना विरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित भट्टराईले टिप्पणी गरेका थिए । बाबुरामले फरक मत राखेको भन्दै विद्यार्थी नेता महर उनी विरुद्ध आपत्तिजनक स्टाटस लेखेका छन् ।

बाबुरामले लेखेको स्टाटस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्