सुर्खेतका ३ जनामा देखियो कोरोना संक्रमण

सुर्खेत – सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।

डाक्टर खड्काका अनुसार संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरु भारतबाट आएको बताइएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्